stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ई–कमर्स प्लेटफर्म बिजबजारको सिइओमा उत्सव ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिक योजना, डिजिटल व्यापारको मजबुतीकरण र व्यवसाय विस्तारलाई गति दिन ढकालको नेतृत्वमा नयाँ चरण आरम्भ गरेको छ।

बिजबजारको नेतृत्व सम्हाल्दै ढकालले अब कम्पनीको रणनीतिक पुनर्संरचना, ब्रान्ड विकास तथा प्रविधिमा आधारित सेवा सुदृढीकरणमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

कम्पनी स्रोतका अनुसार, परिवर्तनशील बजार आवश्यकतालाई ध्यानमा राख्दै अबको नेतृत्वले नवप्रवर्तन र व्यावसायिक सन्तुलनबीचको समन्वयमा काम गर्नेछ।

ढकालसँग मार्केटिङ, ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व र शिक्षणका क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव छ। हाल उनी एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आवद्ध छन्।

शिक्षणसँगै लामो समयदेखि शेयर बजार सम्बन्धी तालिममा संलग्न उनी इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का कार्यकारी सदस्य समेत हुन् ।

मलेसियाको लिंकन युनिभर्सिटीबाट एमबीए हासिल गरेका उनले बैंकिङ, बीमा, क्रेडिट प्रणाली लगायत विभिन्न विधाको तालिमहरूमा सहभागिता जनाएका छन् ।

prabhu mahalaxmi
kumari