stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नाडेप लघुवित्त वित्तीय संस्थाको दशौं साधारण सभा जेठ २५ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ।

लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले अन्य उपयुक्त कम्पनीबाट मर्जरको लागि प्रस्ताव आएमा सो सम्बन्धी कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साथै कम्पनीको केन्द्रीय कार्यालय परिवर्तन गर्ने र शेयर संरचना परिवर्तको प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ जेठ ११ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन सक्नेछन्। साधारण सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजे हुने जनाएको छ ।

 

prabhu mahalaxmi
kumari