stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस ल्याउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना बनाएको छ । सो नयाँ स्कुटर हाल उपलब्ध ब्रान्डको आईक्युब भन्दा सानो र सस्तो हुने जनाइएको छ ।

आगामी फेस्टिभल सिजनमा लन्च हुने अपेक्षा गरिएको सो नयाँ स्कुटरको नाम र थप विवरणहरु भने कम्पनीले सार्बजनिक गरिसकेको छैन ।

नयाँ स्कुटर मूल्यका हिसावले किफायती र सरल डिजाइनमा उपलब्ध हुने अनुमान गरिएको छ । साथै यसमा आइक्युबको तुलनामा कम सुविधाहरू हुने अपेक्षा गरिएको छ ।

मूल्य कम गर्न टीभीएसले हब–माउन्ट गरिएको इलेक्ट्रिक मोटर र सानो ब्याट्री प्याक रोज्न सक्ने बताइएको छ । सो नयाँ स्कुटर ९० हजारदेखि १ लाख भारुको बिचमा आउने अनुमान गरिएको छ ।

टीभीएसले हाल बिक्री गर्दै आएको आईक्युबको सबैभन्दा सस्तो भेरिएन्टमा २.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले सिंगल चार्जमा ७५ किलोमिटर रेन्ज प्रदान गर्दछ ।

टप स्पेक भेरिएनटमा भने ५.१ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोमिटरको रेन्ज छ । यसको मूल्य १ लाख ८५ हजार भारु पर्छ ।

prabhu mahalaxmi
kumari