सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख ८ गते) अन्ति दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

























