stcnepal long ad
ime life insurance
national life
global ime bank long

पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो ।

चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकोमा नौ महिनामा दुई लाख ७१ हजार मेट्रिक टन मल आयात भएको हो । रासायनिक मलका लागि चालु आर्थिक वर्षमा २७ अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

पाँच लाख ५० हजार मेट्रिक टन मल टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नौ महिनामा एक लाख ६६ हजार ८३४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास आयात भएको छ ।

सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ४२ हजार ३६२ मेट्रिक टन र २९ हजार ३३० मेट्रिक टन साल्ट्र ट्रेडिङ कम्पनीले आयात गरेका छन् । हालसम्म तीन लाख छ हजार २०९ मेट्रिक टन मल वितरण गरिएको मन्त्रालयले जनाएको छ । ६१ हजार २५९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

साल्ट्र ट्रेडिङ कर्पोरेसनले थप तीस हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ ।  ३३ हजार मेट्रिक डिएपी मल  जेठको पहिलो हप्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ ककर्पोरेसनले मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मल वितरण हुने गर्छ ।

नेपालमा मुख्य गरी बर्खे र हिउँदे बालीमा मलको प्रयोग गरिन्छ । धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक उत्पादन भएको छ । यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफल मकै खेती गरिने र जसबाट २९ लाख ८० हजार मेट्रिक टन मकै उत्पादन हुने गर्छ । यस्तै सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र त्यसबाट २१ लाख मेट्रिक टन हाराहारीमा गहुँ उत्पादन हुने तथ्याङ्क छ । मुलुकभर वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने बताएको छ ।

सरकारले बर्सेनि मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ ।

IME Lifesidebar
kumari