stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकको १५ करोड ६७ लाख नाफा कमाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामासम्म एनआईसी एशिया बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म  बैंकको  वितरण योग्य  नाफा ३  अर्ब ५६ करोड ९२ लाख २  हजार रुपैयाँ ऋणात्मक छ ।

२ खर्ब ९४ अर्ब ६ करोड १ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।

IME Lifesidebar
kumari