citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपति सी जिनपिङ कम्बोडिया भ्रमणमा

Nimb long ad
Prabhu Insurance Long Ad

चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार भ्रमणका लागि कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका छन्। स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुगेका हुन्।

बिहीवार नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए। राष्ट्रपति सीले पूर्व नेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नु अघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो ।नोमपेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन्। मानेटले सीको भ्रमणलाई अर्थपूर्ण र मित्रताको प्रतीकको रूपमा वर्णन गरेका छन्।

उनले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताएका छन्।

यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले ुमहत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन्। उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदै छन् ।

चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वव्यापी रूपमा यस विषयमा बहस र चर्चा भइरहेको छ ।

IME Life
kumari