stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि रिलायबल समृद्धि योजनामा आवेदन दिन सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड आज वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन गरेको छ।

यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यस अन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ।

फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि वैशाख ७ गतेसम्म रहनेछ तर उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ।

क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालका साथै मेरो शेयर प्रयोग गरी अनलाइन मार्फत पनि आवेदन दिन सक्नेछन्। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari