stcnepal long ad
ime life insurance
global ime bank long

सामसङ नेपालले  “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्यायो 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ । यस अफरमा ग्राहकले स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा पाउनेछन् ।

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ।

तपाईँको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ ।

यस अफरमा सामसङको ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ ।

साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च, ६५ इन्च, ८५ इन्च वा ८५ इन्च मोडेलका युएचडी टिभीको खरिद गर्दा रु ८,००० सम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी रहनेछ ।

त्यसै गरी, सामसङको बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ ।

साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा तपाईँको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् ।

निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ । सामसङको एक्सचेन्ज पार्टनर अर्को स्टोर डटकम बाट पुराना उपकरण एक्सचेन्ज गर्दा सामसङका अप्लाएन्सहरूमा रु ८,००० सम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ ।

यो अफर आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।

prabhu mahalaxmi
kumari