stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एकैदिन चार अर्बले बढ्यो बैंकिङ निक्षेप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय केन्द्रीय बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले बढेको देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो। मंसिर २७ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले बढेको हो।

केन्द्रीय बैंकको फागुन ८ र ९ गतेको तथ्यांकले बैंकिङ कर्जामा सामान्य गिरावटसँगै निक्षेपमा सुधार भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको फागुन ९ गतेको तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

त्यसको अघिल्लो दिन अर्थात् ८ गते ६७ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि वृद्धि देखिएको छ ।

फागुन ८ गते ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले ९ गते ८ खर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् ।

सो अवधिमा निक्षेप बढेसँगै कर्जा प्रवाहमा भने सामान्य गिरावट देखिएको छ । फागुन ८ गते ५४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४१ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

prabhu mahalaxmi
kumari