citizens life insurance long ad
stcnepal long ad
ime life insurance

तीन महिनामा मूल्यवृद्धि ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विवरणअनुसार असोज मसान्तसम्म यस्तो मूल्यवृद्धि देखिएको हो ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३२ करोड रहेको छ । उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ । असोजसम्म २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।

निर्यात ५७ प्रतिशतले बढ्दा आयात ३६.२ प्रतिशतले बढेको छ । चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर बचत ३ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

सरकारको खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ र राजस्व परिचालन २ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप २.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको छ ।

IME Life
kumari