citizens life insurance long ad
stcnepal long ad

नेपालमा आउँदै अनरको नयाँ स्मार्टफोन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषता सहित HONOR X9c 5G छन् चाँडै आउने भएको छ। HONOR X9b 5G छन् को सफलतापछि सेलट्रोन नेपालले नेपालकै सबैभन्दा बलियो स्मार्टफोन दाबी गर्दै नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो।

HONOR X9b 5G मा ५८००mAh क्षमताको लामो समय टिक्ने ब्याट्री, ३६०–डिग्री एण्टी–ड्रप सुरक्षा, १०८ःए को क्यामेरा, आकर्षक डिजाइन, र शक्तिशाली प्रदर्शन जस्ता उत्कृष्ट विशेषताहरू समावेश थिए। साथै, ६.७८ इञ्चको घुमाउरो AMOLED पर्दा, १२०Hz रिफ्रेस दर, र १२००–निट चमक भएका कारण प्रयोगकर्तालाई सहज र उत्कृष्ट अनुभव प्रदान गरेको थियो।

नयाँ संस्करणमा झन् मजबुत संरचना, अझ शक्तिशाली ब्याट्री, उच्च गुणस्तरको क्यामेरा र प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव जस्ता थप सुधार गरिएको कम्पनीले जनाएको छ। यसको आधिकारिक मूल्य र उपलब्धताको जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

IME Life
kumari