citizens life insurance long ad
stcnepal long ad

अख्तियारको नियन्त्रणमा भेरी अस्पतालका कम्प्युटर अपरेटर 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुण राज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ ।

बिहीबार अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खनालको कार्यकक्षबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैँयासहित नियन्त्रणमा लिएको हो।

खनालले सो रकम आफ्नो कार्यकक्षको दराजमा राखेका थिए । विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा उजुरी अख्तियारमा परेको थियो। उनलाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

IME Life
kumari