stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पशुपति सहकारीले बृहद मर्जर अभियान संचालन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ ।

७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्य सहित बृहद एकीकरण अभियान संचालन गर्न लागेको हो ।
बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ ।

यहि समिति मार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिनुभयो ।

“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उहाँले भन्नुभयो, “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”

अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन ।

यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताउनुभयो ।

संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमा पनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।

बृहद एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रह गर्नुभयो ।

prabhu mahalaxmi
kumari bank
kumari