stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल स् मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ देखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।

आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् ।

नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ ।

तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ ।

एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् ।

सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ ।

एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउँने छन् ।

साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ ।

एक्स्पो प्रत्येक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अत्याधुनिक उत्पादनहरू र व्यक्तिगत उद्यम तथा पेशेवरहरूका लागि तयार पारिएका अनुपम अनुभवहरू पनि प्रस्तुत हुनेछ ।

सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ ।

prabhu mahalaxmi
kumari