citizens life insurance long ad
stcnepal long ad

आप्रवासी बोकेको विमान रोकेको भन्दै कोलम्बियामाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्वियामाथि कडाई गर्न निर्देशन दिनुभएको हो ।

अमेरिकाबाट फिर्ता पठाउने आप्रवासी बोकेका सैन्य विमानहरुको उडान रोक्ने कोलम्बियाको निर्णयसँगै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

कोलम्बियाका राष्ट्रपतिले पनि अमेरिकाबाट आयात हुने वस्तुमा समान शुल्क लगाउने घोषणासहित अमेरिकालाई जवाफ फर्काएका छन् ।

आफ्ना नागरिकलाई अपराधी जसरी सैन्य विमानमा ल्याएकोमा विरोध जनाउँदै कोलम्वियाले नागरिक विमानहरुबाट फर्काएका स्वागत गरिने जनाएको छ ।

यसैबीच सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न शुरु गरिएको छ । यसरी समातिने आप्रवासीलाई तत्काल राख्नका लागि एक लाख शैय्या सहितका बन्दीगृह निर्माण गरिएका छन् ।

IME Life
kumari