stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छद्धन् । ‘तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ को अवसरमा मल्ल सम्मानित भएका हुन् ।

व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले बताएका छन ।

अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानित मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले मल्ललाई संयुक्त रूपमा सम्मान गरे ।

मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मान प्रदान गरिएको हो ।

prabhu mahalaxmi
kumari