stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।

काउन्सिलले मंगलबार र बुधबार लिएको परीक्षामा एमबीबीएस र बीडीएसमा गरी ८४४ जना विद्यार्थी सहभागी थिए। सहभागीमध्ये ५८२ जना अनुत्तीर्ण भएका हन् भने २६२ जना मात्र उत्तीर्ण हुन सफल भएका हुन्।

सार्वजनिक नतिजा अनुसार एमबीबीएस तर्फ ७७० जनाले परीक्षाका लागि आवेदन दिएका थिए। जसमध्ये परीक्षामा १७ जना अनुपस्थित भए। परीक्षा दिएका ७५३ जनामध्ये २४१ जना मात्र उत्तीर्ण हुन सफल भएका छन्।

यस्तै बीडीएस तर्फ ९५ जनाले आवेदन दिए पनि परीक्षामा ४ जना अनुपस्थित भएका थिए। परीक्षा दिएका ९१ जनामध्ये २१ जना मात्र उत्तीर्ण भएका थिए।

prabhu mahalaxmi
kumari