stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जनाको नाम सर्टलिस्ट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो।

सर्टलिस्टमा पर्नेहरुमा बैतडी दशरथचन्दका दिनेशप्रसाद भट्ट, डडेल्धुरा नवदुर्गाका धर्मराज उप्रेती, कास्की पोखराका बसन्तराज अधिकारी, रोल्पा सुनिलस्मृतिका मन्दीप सुवेदी र मोरङ विराटनगरका सुमनकुमार कर्ण छन्।

शैक्षिक योग्यता, तालिम र अनुभवबापतको अंक एवं सोचपत्र र व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवार सर्टलिस्ट गरिएको सिफारिस समितिले जनाएको छ।

सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा कार्ययोजना प्रस्तुतीकरणका लागि माघ १७ गते डाकिएको छ। कार्ययोजना प्रस्तुतीकरण दिउँसो १ बजेदेखि ३ बजेसम्म चल्नेछ।

प्रस्तुतीकरणका लागि आउँदा उम्मेदवारले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित उपस्थित हुन समितिले जानकारी गराएको छ।

prabhu mahalaxmi
kumari