stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

ओखलढुंगाको लिखुपालिकाभर कार्यक्षत्र हरको यस संस्थाले पुस २६ गते काठमाडौंको स्रोह्रखुट्टेमा चौँधौ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

सहकारीमा आवद्ध बहुसंख्यक सेयरधनीहरु काठमाडौंमै उपलब्ध रहेकाले उनीहरुको सहजतालाई मध्येनजर गर्दै सम्पूर्ण सेयर सदस्यहरुको माग बमोजिम नै काठमाडौंमा संस्थाले साधारण सभा आयोजना गरेको जनाएको छ ।

उक्त साधारणसभाले पूर्णबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । त्यस्तै लेखा समितिमा केशव कुमार कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति चयन गरेको छ ।

नेफस्कुनका पूर्व केन्द्रिय कोषाध्यक्ष नानीबाबु बुढाथोकीको प्रमुख आतिथ्यता र मेघेन्द्र विश्वकर्मालगायतको आतिथ्यता रहेको साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष रामकुमार वस्नेतले पेश गरेका थिए ।

उक्त वार्षिक साधारण सभामा प्रमुख अतिथि रहेका बुढाथोकीले वर्तमान् अवस्थामा जनतामा सहकारीप्रतिको दृष्टिकोण नकरात्मक ढंगले विकास भैरहेको घटनाहरु बारे सचेत गराउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भै काम गर्न मार्गनिर्देश गरेका थिए ।

कुल चुक्ता पूँजी ३९ लाख ९४ हजार तीन सय बयानब्बे रुपैया रहेको संस्थाले करिब ३४ लाख ऋण प्रवाह गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०र०८१को आर्थिक प्रतिवदेल सर्वसहमतीले पास गरेको छ ।

संस्थाले सहकारी सेयरधनीहरुलाई लक्षित गरी सहकारी तालिम, स्वरोजगार कार्यक्रम, नागरिक स्वास्थ्य शिविर लगाएतका कार्यक्रमहरु समेत संचालन गर्दै आएको जनाएको संस्थाका सचिव आनन्द खड्काले बताए ।

prabhu mahalaxmi
kumari