stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साना किसान विकास लघुवित्तको २३औं वार्षिक साधारणसभा

कुल १४ प्रतिशत लाभांश प्रस्ताव पेश गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारणसभा आज (पुस २३ गते) बस्दैछ । साधारण सभा कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजे बस्नेछ ।

साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव पेश गरिनेछ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, चुक्ता पुँजी वृद्धि गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

लाभांश वितरण तथा सभा प्रयोजनका लागि लघुवित्तले पुस १७ गते एक दिन बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १६ गतेसम्म शेयरधनी बन्नेले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागी पनि बन्न पाउनेछन् ।

prabhu mahalaxmi
kumari