stcnepal long ad
ime life insurance
national life
global ime bank long

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा प्रवेश गर्ने योजना बनाएको छ । दुवै कम्पनीले भारतीय बजारका लागि संयुक्त रुपमा विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन विकास गर्न वार्ता गरिरहेको बताइएको छ ।

साझेदारीको सही विवरण बाहिर नआए पनि, हुन्डाईले नयाँ इलेक्ट्रिक थ्री–ह्विलरको डिजाइन र इन्जिनियर गर्ने सम्भावना छ भने टीभीएसले यसलाई निर्माण गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।

यी दुई कम्पनीले संयुक्त रुपमा विकास गर्ने सो नयाँ सवारी–साधनको कन्सेप्ट आगामी भारत मोबिलिटी एक्सपोमा देख्न सकिने अनुमान गरिएको छ ।

यसअघि, हुन्डाईका कार्यकारी अध्यक्ष चुङ इउई–सनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोबिलिटीको भविष्य र भारत र हुन्डाई मोटर समूहले मोबिलिटी उद्योगको विकास गर्न नजिकबाट काम गर्न सक्ने तरिकाहरूबारे छलफल गरेका थिए ।

भारतमा इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्ट द्रुत गतिमा बढिरहेको छ । गत वर्ष यी साधन ६ लाख ५० हजार बढी युनिट बिक्री हुँदा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बृद्धि हाँसिल गरेको थियो । भएको थियो ।

IME Lifesidebar
kumari