citizens life insurance long ad
stcnepal long ad

सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको मंसिर २८ गतेको बसेको साधारण सभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

हाइड्रोपावर कम्पनीले कात्तिक १६ गतेसम्म कायम शेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।

साथै मंसिर १६ गतेसम्म धितो बन्धक राखेर कर्जा लिएका शेयरधनीको सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि र कर्जा चुक्ता गरेका शेयरधनीको फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा लाभांश पठाइने हाइड्रोपावर कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

IME Life
kumari