stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आउँदै गरेको नयाँवषष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर पौष १४ २०८१ देखि पौष १८ २०८१ सम्म उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिबट खरिद गने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।

क्यासब्याक हरेक टिकटमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गनेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सुजना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजििटल भुक्तानी सेवा प्रदान गरि बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेच सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस,व्यापारी भुक्तानी जस्ता सेवाहरु अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

prabhu mahalaxmi
kumari