stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको बीमाङ्‌कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस (प्रति हजारका दरले) पाउने भएका छन्।

यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।

त्यसैगरी अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।

त्यस्तै मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।

कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।

जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

यी बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ।

साथै अर्को बीमाङ्‌कीय मूल्याङ्‌कन अनुसार नेपाल बीमा प्राधिकरणबाट नयाँ बोनस दर स्वीकृत नभएसम्म यही बोनस दर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

 

prabhu mahalaxmi
kumari