citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेप्सेले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जस अनुसार नेप्सेले ७५ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ ।

उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले पुस २९ गते, सोमबार, आफ्नो कार्यालयमा ४३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभा विहान ११ बजे सुरु हुने जनाइएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वित्तीय  विवरण  स्वीकृत गर्ने,  आय व्यय, अन्य आय  विवरण, इक्विटीमा  भएको  परिवर्तन सम्बन्धी विवरण नगद प्रवाह विवरण र सो सम्बन्धी भएको अन्य अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने जनाएको छ ।

गत वर्ष नेप्सेले चुक्ता पुँजीको ६४ प्रतिशत लाभांश वितरण गरेको नेप्सेले त्यस भन्दा अघिल्लो वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेप्सेका सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक र अन्य रहेका छन् ।\

gold
himalayan life insurance long ad