stcnepal long ad
global ime bank long

रिलायबल नेपाल लाइफका ग्राहकहरुको केवाईसी अपडेट गर्न जरुरी सूचना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफले ग्राहकहरुको लागि केवाईसी अपडेट गर्ने जरुरी सूचना जारी गरेको छ । कम्पनीले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा नेपाल बीमा प्राधिकरणको सम्बन्धित निर्देशिका, २०८२ बमोजिम हाल विद्यमान बीमित ग्राहकहरूको ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको हो ।

। ग्राहकहरूले राष्ट्रिय परिचयपत्र हाल सलै खिचिएको पासपोर्ट साइजकोफोटो तथा ठेगाना, सम्पर्क नम्बर, इमेल, पेशा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएका भए आवश्यक कागजातसहित आफ्नो नजिकको शाखा उपशाखा कार्यालयमा उपस्थित भई फाराम भर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, अद्यावधिक नगर्दा प्रचलित कानुनी तथा नियामकीय व्यवस्था बमोजिम कम्पनीले आवश्यकतानुसार केही सेवाहरूमा सीमितता वा प्रतिबन्ध लागू गर्न सक्ने व्यहोरा समेत जानकारी समेत गराएको छ ।

IME Lifesidebar
kumari