stcnepal long ad
ime life insurance
national life
global ime bank long

कर्पोरेट विकास बैंकको सत्रौं वार्षिक साधारण सभा पुस २८ गते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा पुस २८ गते आइतबार बस्ने भएको छ।

पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जको पर्सास्थित बैंकको आफ्नै प्रधान कार्यालयमा बिहान ७ः१५ बजदेखि सभा बस्ने निर्णय गरेको हो।

साधारण सभाले अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयधरनीलाई लाभांश नदिने निर्णय गरिसकेको छ।

साथै साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

साधारण सभा प्रयोजनका बैंकले लागि पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari