citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित  गर्ने आज पुस ४ गते बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछन् ।

पुस ५ र ६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यी दिन सेयर कारोबार बन्द रहनेछन् । तसर्थ, लाभांश हात पार्न आज पुस ४ गते बिहीबारसम्म सेयर खरिद सक्नुपर्ने हुन्छ ।

नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Life
kumari