महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा नियुक्त
काठमाडौँ । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत सीईओमा सागर शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १ गते बसेको बैठकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई साउन २ गतेदेखि लागु हुने गरी कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् ।
बैंकका सीईओ कृष्णराज लामिछानेले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।























