stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइपिओ निष्कासनको पाइपलाइनमा एकै पटक ४२ कम्पनी थपिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आइपिओ) निष्कासनको पाइपलाइनमा एकै पटक ४२ कम्पनी थपिएका छन् । आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा रहने कम्पनीको सङ्ख्या ७७ पुगेको छ ।

लामो समयदेखि सेबोनले अध्यक्ष नपाउँदा अर्बौँको आइपिओ निष्कासन हुन सकेको छैन । यसअघि नै आइपिओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए ।

नयाँ कम्पनीहरू थपिएसँगै आइपिओ निष्कासनका लागि पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आइपिओ पाइपलाइनमा रहेका छन् ।

आइपिओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू रहेका छन् । विभिन्न समयमा ३७ वटा हाइड्रोपावर कम्पनीहरू सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् ।

prabhu mahalaxmi
kumari