साल्ट ट्रेडिङ कर्पोरेसनको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिसम्म कर्पोरेसनले १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । यो गत आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा १६.५२ प्रतिशतले मुनाफा घटेको छ।
गत वर्षको असोजसम्म यसले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको आम्दानी पनि २३.३९ प्रतिशतले घटेको जनाएको छ ।
गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ कम्पनीको आम्दानी रहेकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अहिले घटेर २ अर्ब २४ करोड रूपैयाँमा झरेको छ ।
यसको आम्दानी घट्दा नाफामा गिरावट आएको देखिन्छ । हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ ।
यसको जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ ।
यसअवधिसम्म कर्पोरेसनको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ६२ पैसा रहेको कर्पोरेसनले जनाएको छ ।