धितोपत्र बोर्डबाट गरिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट गरिमा क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति पाएको छ । गरिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।
यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ । गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।