stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर लोकार्पण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको हो ।

एनआईएमबी पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ ।

ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन्।

नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै ५ हजार रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

prabhu mahalaxmi
kumari