citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा सामान्य घटेको छ । यस अवधिमा खुद नाफा ३.८२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको  अवधिमा खुद ब्याज आम्दानी र  सञ्चालन  नाफा प्रभावित भएसँगै खुद नाफा पनि घटेको हो । खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

यता, खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेका छ ।

प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ ।

असोज मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब २९ करोड १४ लाख रुपैयाँ छ ।

 

 

IME Life
kumari