प्रभु बैंकको खुद नाफा ०.६२ प्रतिशतले बढेर १ अर्ब ४ करोड कायम
काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । यस अवधिमा खुद नाफा ०.६२ प्रतिशतले बढेर १ अर्ब ४ करोड कायम भएको छ ।
गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ८.९२ प्रतिशतले घटेको छ । सञ्चालन नाफा घट्दा बैंकको नाफामा संकुचन आएको छ ।
हाल प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ७ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी ११ पैसाले मात्र बढेर १७ रुपैयाँ ६८ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ ।