stcnepal long ad
ime life insurance
global ime bank long

सदस्य सचिवका लागि शारीरिक सुगठनबाट रोशनको उम्मेदवारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । रोशन महर्जनले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि शारीरिक सुगठन खेलको तर्फबाट निवेदन दर्ता गराएका छन् ।

राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने महर्जन पहिलो ब्यक्ति भएका छन् । महर्जनले १ नं.मा निवेदन दर्ता गरेका हुन् ।

खेलकुद विकास ऐन २०७७ लागू भई सदस्य सचिवका लागि निवेदन आव्हान गरे पश्चात उक्त पदका लागि उपयुक्त उम्मेदवारका रुपमा महर्जनले निवेदन दिएका हुन् ।

ललितपुर निवासी महर्जन २०५० साल देखि खेलकुद क्षेत्रमा लाग्दै आइरहेका ब्यक्तित्व हुन् । स्नाक्तोतर अध्ययन गरेका महर्जन दुई दशक देखि सुचना प्रविधि र शिक्षा क्षेत्रसँग पनि आबद्ध रहँदै आइरहेका छन् ।

नेपालकै सवै भन्दा पूरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरमा विगत १० बर्षदेखि कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा चिन्तन र मनन गर्दै आइरहेका महर्जन सानोमा कराते खेल (सितेरियो) खेलाडीका रुपमा अगाडि बढेका थिए ।

तर, स्वस्थ र बलिष्ठ शरीर बनाउने सोचले शारीरिक सुगठनतर्फ आकर्षित हुदै २०४८ सालदेखि फलाम उचाल्न थालेका उनले २०५० सालमा पाटनको पहिलो जिम खाना नाइन प्वाइन्ट हेल्थ क्बलबाट औपचारिक रुपमा शारीरिक सुगठनका खेलाडी हुँदै विभिन्न प्रतियोगितामा जित निकाल्दै उच्कृष्टता प्रदान गरिसकेका छन् ।

राजनीतिक हस्तक्षेप नभई स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो, भने आफू स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन् ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका महर्जनले ईन्टरनेशनल फेडेरेशन अफ बडीबिल्डिङ्ग अन्तर्गतको नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङ्ग एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरी सकेका छन् ।

हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष समेत रहेका छन् । महर्जनले आफू सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारण प्रस्तुत गरेका छन् ।

prabhu mahalaxmi
kumari