stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आशा लघुवित्तको लाभांश  नेपाल राष्ट्र बैंकबाट स्वीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

जसमा १४.२५ प्रतिशतले हुन आउने ९ करोड १४ लाख ३० हजार २८० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेस गरेको थियो। राष्ट्र बैंकले असोज २१ गते पत्र पठाउँदा लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गर्न स्वीकृति दिएको संस्थाले जनाएको छ।

अब आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

prabhu mahalaxmi
kumari