stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी भर्ने आज (असोज १४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यसअघि कम्पनीले १०० प्रतिशत (९९ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो ।

.

IME Lifesidebar
kumari