stcnepal long ad
ime life insurance
national life
global ime bank long

कर्णाली प्रदेशका सांसदलाई देखियो कोरोना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।

सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले बताए। उनले भने, ‘कोरोना भएका सदस्य आइसोलेसनमा बस्नुहुन्छ, अरुको ट्रेसिङ भइरहेको छ।’ हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।

सांसदमा नै कोरोना पुष्टि भएपछि संसद बैठकबारे पनि सोच्नुपर्ने अवस्था आएको सभामुख शाहीले बताए।

IME Lifesidebar
kumari