citizens life insurance long ad
stcnepal long ad

नेपाल एयरलाइन्सले सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई निस्शुल्क हवाई टिकट उपलब्ध गराएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औँ स्थापना दिवसको अवसरका नेपाल एयलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारीले एक वर्षमा सात सय ७० जना क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएको जानकारी दिनुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्थाको पहलका एयलाइन्सरले चिकित्सकले सिफारिस गरेको वायप्सी रिपोटका आधारमा बिरामीलाई थप उपचारको लागि भारत जानु परेका निस्शुल्क हवाई टिकट व्यवस्था गरेको थियो ।

उहाँकाअनुसार पहिलो पटक जाँदा बिरामीलाई सत प्रतिशत छुट र कुरुवालाई ५० प्रतिशत छुट व्यवस्था गरेको थियो । त्यसैगरी दोस्रो पटक जानु परेमा बिरामीलाई ५० प्रतिशत र कुरुवालाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी तेस्रो पटक उपचारको लागि जानु परेमा बिरामीलाई २५ प्रतिशत र आफ्न्तलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

उहाँले यो सेवा विस्तार गर्दे लैजाने प्रतिवद्धता गर्नुभयो । संस्थाका महासचिव दिपेन्द्र वान्ताले यो सेवाले थप उपचार आवश्यक परेर भारत जाने क्यान्सरका बिरामीलाई धेरै राहत मिलेको बताउनुभयो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले सरकारले क्यान्सर रोकथाम सम्बन्धी अभियान सञ्चालन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “क्यान्सर रोकथाम गर्न सरकारले केही वर्ष क्यान्सर रोकथाक समबन्धी अभियान वर्ष घोषण गरि काम गर्न सकेमा जनमानमा ठूलो प्रभाव पर्नेथियो ।”

उहाँले सरकारले सूर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न काम ऐन बनेपनि कार्यन्यन हुन नसक्नु दुखद् जीकिर गर्दैसबै मिलेर कार्यन्यन गर्न आग्रह गर्नुभयो । क्यान्सर बनाउने मुख्य कारक तत्वको धूम्रपानको कर बढाउन उहाँले सरकार समक्ष माग गर्नुभयो ।

चुनौतीको रुपमा रहेको रोगको न्यूनीकरण र रोकथाम का लागि सबेको सहकार्य रहेको उहाँका तर्क छ । खानेकुराबाटनै क्यान्सरको जोखिम बढेको भन्दै उहाँले सरकारले खाद्यनको गुणस्तर कडाइका साथ जाँच गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमानै खेती गर्ने किसानलाई कति मात्र विषादीको प्रयोग गर्ने भन्ने विषयमा मापदण्डा बनाउन सकेमा केही हदसम्म कम हुने थियो ।”

IME Life
kumari