citizens life insurance long ad
stcnepal long ad

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको’राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन जित्न सफल भए।

आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले ‘सर्वोत्कृष्ट नृत्यू प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे।

उनीहरूको नृत्यले न केवल निर्णायक मण्डललाई प्रभावित पार्‍यो, तर उपस्थित दर्शकहरूको प्रशंसा पनि बटुल्न सफल भयो।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यो प्रतियोगिताको अवलोकन गर्नुका साथै विजयी छात्राहरूलाई पुरस्कार वितरण गर्नुभयो। प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाको सृजनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो।

 

उहाँले छात्राहरूको कडा मेहनत र समर्पणलाई पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृति जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

IME Life
kumari