stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

आजै बोलकबोल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४’को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउनका लागेको हो ।

विकास ऋणपत्र २०८४ को भदौ २६ गते बुधबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ २७ गते विहीबार निष्कासन हुने जनाइएको छ ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

विसं २०८४ भदौ २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

विकास ऋणपत्रको प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

न्यूनतम ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

prabhu mahalaxmi
kumari