stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजा सहित एसइई तयारी कक्षा सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि नै परीक्षा तयारी कक्षा सुरु गरिसकेको छ । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसासमेत दिने तयारी गरेको छ ।

महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाको कार्यपालिकामा उक्त प्रस्ताव पुगेको भए पनि निर्णय भने भइसकेको छैन । मङ्गलबार वा बुधबार यस विषयमा निर्णय हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सय शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८७३ विद्यार्थी सहभागी हुने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द शर्माले जानकारी दिनुभयो ।

महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये तीन हजार ८६ जना ग्रेडेड (वर्गीकृत) समूहमा परेका थिए ।

महानगरका सामुदायिक विद्यालयमध्ये विषयगत रूपमा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् ।

त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । त्यस्तै अङ्ग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसङ्ख्यामा आठ जना अनुत्तीर्ण भएका छन् ।

prabhu mahalaxmi
kumari