stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन

सातवटा सहकारीलाई थप कारबाही गर्न सीआईबीमा जानकारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो ।

अनुगमनमा परेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटी र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको आवश्यक कागजपत्र र विवरण समेत फेला नपरेको महानगर स्रोतले जनाएको छ ।

दुवै सहकारी संस्थामा बचतकर्ताको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न महानगरले प्रहरीको सीआईबीमा पठाएको छ ।

महानगरले अनुगमन गरेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सोही नामको संस्थाका सञ्चालक भरत महर्जन हुन् । उनी १० अर्ब रुपैयाँभन्दा बढी बचत अपचलन गरी बेलायत पलायन भएका छन् ।

महर्जनले कालीमाटीमा छुट्टै सुमेरु सहकारी दर्ता गरी त्यसको अध्यक्ष श्रीमतीलाई बनाएका थिए । संस्थामा श्रीमतीपछि भान्जा र छोरालाई अध्यक्ष बनाएका महर्जनले उक्त संस्थामा ठूलो रकम अपचलन गरेका छन् ।

स्रोतका अनुसार महानगरको अनुगमनमा सिस्टममा देखिएको कुल निक्षेप दायित्व ३ अर्ब १९ करोड छ ।

prabhu mahalaxmi
kumari