citizens life insurance long ad
stcnepal long ad

नाटोद्वारा युक्रेनलाई सैन्य सहायताको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर)  बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

नाटोका महासचिवले शुक्रबार एक पत्रकार सम्मेलनमा भने, “सहयोगीहरूले रूसविरुद्ध युक्रेनको रक्षाका लागि आवश्यकताहरू पूरा गर्न न्यूनतम रूपमा अर्को वर्षको लागि यो वित्तीय वाचामा सहमत भएका छन् ।”

गठबन्धनको ७५ औं वार्षिकोत्सव मनाउन र युक्रेनलाई समर्थनको सन्देश पठाउन नाटो नेताहरूले अर्को हप्ता वाशिङ्गटनमा भेट्ने छन् ।

मध्य जुनमा, नाटो सदस्य राष्ट्रले बेल्जियमको राजधानी ब्रसेल्समा नाटोको बैठकमा सुरक्षा सहयोग र युक्रेनमा प्रशिक्षण मिसन समावेश गर्ने योजनामा सहमत भएका थिए ।

IME Life
kumari