stcnepal long ad
ime life insurance
national life
global ime bank long

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पु¥याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताउनुभयो ।

वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उहाँले नेपाल टेलिकमले सोही जिम्मेवारीलाई बहन गरेको बताउनु भयो ।

प्रादेशिक निर्देशनालय पोखराका व्यापार प्रमुख महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको बहन गर्दै समाजमा आश्रित रुपमा रहेका वृद्धवृद्धालाई सहयोग गर्दा प्रेरणा प्राप्त हुने बताउनुभयो ।

वृद्धाश्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएका अर्जुन प्रसाद खनालका अनुसार वृद्धाश्रममा कोही पनि छोराछोरी नभएका असहाय वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् ।

उनिहरुलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लगायतका बिभिन्न सामानहरु वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्याय, वृद्धाश्रमका सञ्चालक सुनिल श्रेष्ठ, प्रादेशिक निर्देशनालय पोखराका व्यापार अधिकृतद्वय रजनिश पौड्याल, भरत बास्तोला लगायतले वृद्धाश्रमको सहयोगका लागि सबैले आ–आफ्नो ढंगले सहयोग गर्नुपर्ने बताउँदै सामग्री वितरणमा सहयोग गर्नुभयो ।

prabhu mahalaxmi
kumari