एलआइसी नेपालको २२औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष साधारण सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरु माथि पनि साधारण सभामा छलफल भएको जनाइएको छ । २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि साधारण सभाले अनुमोदन गरेको छ ।