बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसुरका मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।