stcnepal long ad
global ime bank long

दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए। यो जितपछि जर्मनीको समूह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ। यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ।

IME Lifesidebar
kumari